arrow

समितिमा पर्यटनमन्त्री

पर्यटनमन्त्रीको गुनासो: 'पर्यटनलाई उद्योग त भनियो, तर सुविधा भने दिइएन'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
samiti-mantri-.jpg

काठमाडौँ । पर्यटनमन्त्री अनिलकुमार सिन्हाले औद्योगिक व्यवसाय ऐनले तोकेका सुविधाहरू पर्यटन क्षेत्रले अझै पाउन नसकेको बताएका छन्। उनले हालको कानुनले पर्यटनलाई पूर्ण रूपमा उद्योगका रूपमा आत्मसात् नगरेको उल्लेख गर्दै यसलाई सहज बनाउन मन्त्रालयले एकीकृत पर्यटन विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिए।

बैठकमा मन्त्री सिन्हाले पछिल्लो समय नेपालका होटलहरूमा ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकको चाप रहेको सुखद तथ्याङ्क प्रस्तुत गरे। उनले आन्तरिक पर्यटनलाई थप प्रोत्साहन गर्न 'कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी' अन्तर्गत गरिने खर्चमा कर मिनाहा गर्नुपर्ने व्यवसायीहरूको मागप्रति सरकार सकारात्मक रहेको सङ्केत गरे। "आन्तरिक पर्यटनलाई अझै सुविधाजनक बनाउन सके यसले देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याउनेछ," उनले भने।

मन्त्री सिन्हाका अनुसार पर्यटन क्षेत्रका सम्पूर्ण कानुनी र व्यावहारिक समस्यालाई एकमुष्ट सम्बोधन गर्न मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारिरहेको छ, जसले पर्यटनलाई वास्तविक अर्थमा 'उद्योग' को रूपमा स्थापित गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ