arrow

पर्यटन विधेयक र स्वास्थ्य बिमाका चुनौतीबारे आज संसदीय समितिमा बहस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज सोमबार दुईवटा विषयगत संसदीय समितिका बैठकहरू बस्दैछन्। राष्ट्रिय सभाअन्तर्गतका यी समितिहरूले विधेयक निर्माण र जनस्वास्थ्यका गम्भीर विषयहरूलाई आफ्नो कार्यसूचीमा राखेका छन्।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यक्रम रहेको छ। यो विधेयकले मुलुकको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन, पर्यटकको सुरक्षा सुनिश्चित गर्न र पर्यटन उद्योगको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी आधारहरू प्रस्ताव गरेको छ।

यसैगरी बिहान साढे ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। यस बैठकमा सरुवा तथा नसर्ने रोगहरूको वर्तमान अवस्था, अपाङ्गता भएका व्यक्तिहरूको उपचारमा फिजियोथेरापीको भूमिका र स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयनमा देखिएका जटिलता एवं चुनौतीहरूबारे विस्तृत छलफल हुनेछ। साथै समितिले यसअघि स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि दिएका निर्देशनहरू र क्यान्सर रोगको रोकथाम एवं उपचारलाई व्यवस्थित गर्न जारी गरिएको १२ बुँदे "काठमाडौँ घोषणा" को कार्यान्वयनको प्रगति अवस्थाबारे पनि समीक्षा गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ