arrow

सुशासन नभएकैले निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भयो : गृहमन्त्री अर्याल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
omprakash-aryal-12-09-082.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरूले पनि जेन-जी पुस्तालाई चुनौतीको रुपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए।  

उनले भने, ‘यदि सुशासन दिन सकिएन भने निर्वाचितहरुको म्याण्डेट पनि बिचैमा भंग हुन्छ । जुन कुराको अहिले जेन-जी पुस्ताका साथीहरूले पुष्टि गरिसक्नुभएको छ । कसैले म त जागिरमा छु काम गर्न पाइहाल्छु नि भनेर सोच्छ भने यदि जेन-जी पुस्ता असन्तुष्ट हुनुभयो भने बिचैमा म्याण्डेट भंग पनि हुन सक्छ । त्यसकारण यसलाई हामी एउटा चुनौतीको रुपमा सम्झिनुपर्छ । यदि हामीले सेवा प्रवाह प्रभावकारी हिसाबले गर्न सकेनौँ र सुशासन कायम गर्न सकेनौँ भने हामीले जेनजी युवाहरूको चुनौती सामना गरिरहनुपर्छ ।’

सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ