arrow

निर्वाचन कि संसद पुनःस्थापना? नेता सिंहले अघि सारे नयाँ विकल्प [भिडियो]

महाधिवेशनका विषयमा अलोकतान्त्रिक बोली, भन्छन् -हतार गर्दैमा विधान मिचेर कांग्रेस महाधिवेशन हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
prakashman-09-05.jpg

काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुन नसकेको खण्डमा संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रयाक बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उत्तम माध्यम भए पनि चुनाव नहुने स्थितिमा संसद पुनःस्थापनाको विकल्पलाई खुला राख्नुपर्नेमा जोड दिएका हुन्।

नेता सिंहले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गर्ने दाबी गरे पनि देशको सुरक्षा अवस्था हेर्दा समयमै चुनाव हुनेमा शंका व्यक्त गरे। उनले भने, "सरकारले चुनाव गराउँछु भनेर मात्र हुँदैन, सुरक्षाको प्रत्याभूति गराएर गरेर देखाउनुपर्छ। यदि कथमकदाचित विभिन्न कारणले निर्वाचन हुन सकेन भने संसद पुनःस्थापनाको बाटोमा जानैपर्छ।"

पार्टीको १५औँ महाधिवेशनका बारेमा चर्चा गर्दै उनले सर्वसम्मत रूपमा कार्यतालिका आइसकेकाले महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरे। तर, कसैलाई हतार भयो भन्दैमा पार्टीको विधान र प्रक्रिया मिचेर महाधिवेशन गर्न नसकिने उनको स्पष्टोक्ति थियो।

विधानमा हरेक चार वर्षमा महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । तर उनी भने संस्थापनकै लाइनमा बोलेर काठमाडौँ १ बाट फेरि पनि प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्ने दाउमा छन् ।

"महाधिवेशन पनि पार्टीभित्रको एउटा निर्वाचन हो, जसरी आम निर्वाचनका लागि मतदाता नामावली आवश्यक पर्छ, त्यसैगरी कांग्रेसको महाधिवेशनका लागि पनि क्रियाशील सदस्यताको वितरण र अपडेट विधानअनुसार नै हुनुपर्छ," उनले भने।

उनले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेदवारलाई जिताउनका लागि अहिलेदेखि नै एकजुट भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ