arrow

हरेक आन्दोलनको पहिलो टार्गेट निजी क्षेत्र पर्नु दुःखद् – अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
chandra-dhakal-82-9-4.jpg

त्रिवेणी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् । 

नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक समयमा हुने गरेका आन्दोलनका क्रममा निजी क्षेत्र पहिलो टार्गेटमा पर्ने गरेको भन्दै यो दुःखद् भएको बताएका हुन् । 

आन्दोलनका क्रममा निजी क्षेत्रका संरचना लुटपाट, तोडफोडका घटनाले उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर पार्ने हुँदा यो सोचनीय विषय बनेको अध्यक्ष ढकालले बताए । 

गत भदौको आन्दोलनमा निजी क्षेत्रका हरेक प्रतिष्ठानमा लुटपाट र आगजनी तथा तोडफोडका घटना भएको भन्दै  यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउनुपर्ने अध्यक्ष ढकालले बताए । 

अध्यक्ष ढकालले नेपालको पुँजी परिचालन गरी ठूला आयोजना देशभित्र सञ्चालन गर्न सकिने बताए । नेपालका केही हुँदै हुँदैन भन्ने भाष्यलाई चिर्नका लागि आफूहरूले नेपालकै पुँजी परिचालन गरी सबै क्षेत्रका व्यवसायीलाई समेटी रु १० अर्बको लगानीमा कम्पनी स्थापना गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ