arrow

अञ्जन बने एफएनसीसीआईका अध्यक्ष, चन्द्रले लगाइदिए ब्याच

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
chandra-dhakal-anjan-shrestha-fncci-final.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ६०औँ साधारण सभा सम्पन्न भएको छ । अञ्जन श्रेष्ठलाई स्वत: अध्यक्ष घोषित गर्दै साधारण सभा सम्पन्न भएको हो । 

एफएनसीसीआईको विधानअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः नयाँ अध्यक्ष बन्छन् । निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ अध्यक्ष श्रेष्ठलाई ब्याच लगाइदिएका छन् । 

महासंघमा यसअघि रहेका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान यो नै अन्तिम हो । श्रेष्ठ स्वतः अध्यक्ष बनेपछि यो प्रावधान खारेज भएको छ ।  यसपछिको अर्को कार्यसमितिमा स्वतः अध्यक्ष हुने व्यवस्था गत वर्ष नै विधान संशोधनमार्फत हटाइएको थियो । 

नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र शपथको कार्यक्रम बिहीबारलाई राखिएको छ । 

२०२२ सालदेखि खडा भएको उद्योग वाणिज्य महासंघमा अञ्जन २१ औँ अध्यक्ष हुन् । उनले तीन वर्ष नेतृत्व सम्हाल्नेछन् । 

उनी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन् । उनको कार्यकाल तीन वर्ष रहने छ । संशोधित विधानअनुसार यसपछिको प्रतिस्पर्धाबाट चयन भएका अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । 

अञ्जन श्रेष्ठ व्यावसायिक घराना ‘लक्ष्मी ग्रुप’का कार्यकारी निर्देशक हुन् ।  
 

chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (2).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (3).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (4).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (5).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (6).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (7).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (8).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (9).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (10).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (11).jpeg
chandra-dhakal-anjan-shrestha-fncci-83-1-23 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ