उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार
निजी क्षेत्रको मनोबल बढाउने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
316
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेको छ। महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था बमोजिम अञ्जन श्रेष्ठले संस्थाको नेतृत्व सम्हालेका हुन्।
महासङ्घको सचिवालयमा आयोजित एक विशेष कार्यक्रमका बीच निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरे। अध्यक्ष श्रेष्ठसँगै निर्वाचनबाट चुनिएका अन्य नयाँ पदाधिकारीहरूले पनि आजैदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन्।
पदबहाली गरेलगत्तै अध्यक्ष श्रेष्ठले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रको मनोबल बढाउने खालको वातावरण निर्माण गर्न आफू केन्द्रित हुने बताए। उनले व्यवसायीका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने कुरामा समेत जोड दिए। महासङ्घले अबको कार्यकालमा लगानीमैत्री वातावरण र औद्योगिक विकासका लागि ठोस पहल गर्ने उनले जानकारी दिए।