एफएनसीसीआईको निर्वाचन जारी, अध्यक्ष ढकालले गरे मतदान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
282
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई को ६०औँ वार्षिक साधारण सभामा निर्वाचन प्रक्रिया शुरू भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा मतदान भइरहेको हो । महासंघका उपाध्यक्षहरू, कार्यकारिणी समितितका सदस्यहरूका लागि मतदान भइरहेको हो । हेमराज ढकाल र शिवप्रसाद घिमिरेको प्यानल मैदानमा रहेको छ ।
ढकाल वरिष्ठ उपाध्यक्षमा लडिरहँदा घिमिरे समूह वरिष्ठ उपाध्यक्षको घोषणा नगरी मैदानमा छ । कार्यसमिति चयनपछिमात्रै वरिष्ठ उपाध्यक्षको तयारी गर्ने जनाइएको छ ।
चुनावमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेमराज समूहलाई र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिव समूहलाई सघाएका छन् ।
अध्यक्षमा भने विधानअनुसार अञ्जनले स्वतः कुर्सी सम्हाल्नेछन् ।