arrow

पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
ishwor-pokhrel-uml-29-08.jpg

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो उम्मेद्वारी सामूहिक नेतृत्व, विधि र पद्धतिअन्तर्गत ठिक ढङ्गले चलाउनका लागि भएको बताए ।

उनले भने, हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो। तपाइँहरूलाई अनौठो लाग्ला यो स्वभाविक हो । उम्मेद्वारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । पार्टीलाई वास्तविक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो ।’

उनले काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुन:व्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नका साथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राखे ।

यस्तै उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहेका पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको भन्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।

यस्तै, उपाध्यक्षका उम्मेद्वार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह नहुने बताउँदै नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएको बताए ।

सामूहिकतामा पार्टीलाई चलाउनका लागि आफूले उम्मेद्वारी दिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ