arrow

ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न, जीवनराम भन्छन् - उसुको विकास नयाँ अध्यायको शुरूआत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
wushu-jivanram-82-8-25.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा पाँच दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ । 

अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौँको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट शुरू भएर बिहीबार सकिएको थियो । 

नेपाल उसु महासंघको आयोजनामा भएको सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरे ।

टेक्निकल कोर्समा सात प्रदेश र विभागीय टिम गरी ६५ जना प्रशिक्षकहरु सहभागी भएको महासघंका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी दिए ।

उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका छन् । 

बिहीबार रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा बोल्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलमा नतिजा कसरी आफ्नो पक्षमा पार्ने र अंक कसरी लिने विषयमा यस्तो कोर्स निकै महत्वपूर्ण भएको बताए । 
 
'मेहनत गरेर पनि जब पोइन्ट आएन भने त्यसको के काम हुन्छ ?', उनले भने, 'सोलिडेरिटी कोर्सले पोइन्ट कसरी लिन सकिन्छ , खेलको नियम कस्तो हुन्छ त्यसलाई बुझाउने मौका मिल्ने हुँदा सुखद नतिजा ल्याउन मद्दत पुग्छ ।' 
                                                                                                                                                                                              सोलिडारिटी कोर्स गर्न विदेश गएर चर्को मूल्य तिर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको उनले बताए ।  यही कोर्स लिन विदेशमा जानुपर्यो भने एक जनाले ३–४ लाख जति खर्च गर्नुपर्छ । 

उनले भने, 'नेपालमै यस्ता विदेशका महान् हस्ती एव विज्ञ ल्याएर सिकाइँएको छ । यो ठूलो अवसर हो ।' टेक्निकल कोर्स लिइसकेपछि खेलाडीहरुको स्तर बढाउन प्रशिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्ने हुने उनले बताए । 

उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय उसु महासंघसँग समन्वय गरी नेपालमा कोर्स आयोजना गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिए । 

जिल्ला समन्वय समिती काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले खेलको विकासका लागि स्थानीय तहले बर्सेनि एक डेढ करोड लगानी गरिरहेको बताउँदै काठमाडौँका ११ वटै पालिकासँग उसु खेल जोडिन आग्रह गरे । 

समापन समारोहमा बोल्दै उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिनले राम्रोसँग कोर्स समापन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् । उनले यो सिकाइको मद्दतबाट नेपालमा उसु खेलको विकास मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा समेत यसले गतिलो प्रभाव पार्ने बताए । 

महासंघका अध्यक्ष वीरबहादुर तामाङले ५ दिने ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सले नेपाली उसु खेलको विकासमा नयाँ अध्याय थपेको बताए ।  

कोटा छुट्टाए पनि अन्तर्राष्ट्रिय उसु महासंघका विज्ञद्वारा प्रशिक्षण दिइने भएको हुँदा कोटा भन्दा बढी प्रशिक्षकहरु सहभागी भएको नेपाल उसु महासघका महासचिव लामाले बताए । 

ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना गरी ६ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ