arrow

नेप्सेमा साताको अन्तिम दिन सामान्य गिरावट 

परिसूचक २,६०७.३७ विन्दुमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १.६६ प्रतिशतले घटेर २,६०७.३७ को बिन्दुमा कायम भएको छ।

आज ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा रु. तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६.५७ को कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घट्दा ११ कम्पनी स्थिर छन्।

समूहगत परिसूचक हेर्दा आज बैंकिङ (०.१५%), जीवन बिमा (०.१८%), उत्पादन तथा प्रशोधन (०.९२%), माइक्रोफाइनान्स (०.०९%) तथा व्यापार समूह (०.०७%) ले बढेका छन्। यद्यपि, विकास बैंक (०.१९%), फाइनान्स (०.६५%), होटल तथा पर्यटन (०.५४%), हाइड्रोपावर (०.३६%), लगानी (०.२९%), निर्जीवन बिमा (०.१६%) र अन्य समूह (०.६३%) प्रतिशतले घटेका छन्।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्थान लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ८.४२ प्रतिशत घटेको छ। कारोबारका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको शेयर किनबेच भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ