क्रान्तिकारी विकास आजको आवश्यकता हो : हर्क साम्पाङ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
2.2k
Shares
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन्।
सोमबार पार्टीले काठमाडौँको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिकाो बाटोमा डोर्याउने अभियानमा गोलबद्ध हुन सबै युवाहरूलाई आग्रह गरे।
अध्यक्ष साम्पाङले आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरामा विश्वास नगर्ने स्पष्ट पारेका छन्। उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको बताए।
उनले भने “श्रम संस्कृति पार्टीले यो देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ। यो पार्टीले स्वाधीनताको कुरा गर्छ। विदेशी ऋणको भरमा बाटो र पुल बनाउनुपर्छ भन्दैन। यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहान्छ। क्रान्तिकारी विकास आजको आवश्यकता हो। ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तिकारी विकास नगर्ने?”
साम्पाङले पुराना राजनीतिक दलहरूले विकास गर्छन् भन्दै अब पर्खिने स्थिति नरहेको बताए। उनले पुराना राजनीतिक दलहरूले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन निस्केको अभियान नै श्रम संस्कृति पार्टी रहेको बताए।
उनले सबैलाई आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन आह्वान समेत गरे।