arrow

आर्थिक मामिला तथा सुशासन समिति

हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा राष्ट्रिय सभा सदस्यको प्रश्न, सरकारसँग जवाफ माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
rastriyashaba-susasan.jpg

काठमाडौं। राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका छन्। बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय सरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए।

सदस्य विश्वकर्माले जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ गरेर विध्वंश गर्ने टीओबी संस्थासहितका नक्कली नागरिकता रहेकाहरूलाई तत्काल डिपोर्ट गर्नुपर्ने माग गरे। उनले बजारमा व्यापक चर्चा भएको बुल्गेरियाबाट आएको भनिएको सैन्य कार्गोको विषयमा सत्य के हो भनी प्रश्न गरे।

साथै, उनले भारतबाट आउने पेट्रोल पाइपलाइनबाट आइरहेकोमा अहिले कमिसनको खेलमा ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको भन्दै यसमाथि कारबाहीको माग गरे। उनले कृषि मल खरिदको लागि २८ अर्ब ८२ करोड बजेट निकासा हुँदा पनि नेपाल सरकारले ५० करोडको लगानीमा मल कारखाना किन स्थापना गर्न सक्दैन भन्दै प्रश्न गरे।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भूवनबहादुर सुनारले सरकार परिवर्तन भएर मात्रै नपुग्ने भन्दै कर्मचारीतन्त्रमा परिवर्तन आउन जरुरी रहेको बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरू जनताप्रति गम्भीर रहेको विश्वास गरे पनि सरकारी सेवामा सुस्तता आइरहेकोमा निराशा व्यक्त गर्दै राष्ट्र विकासका लागि सबै एक भएर काम गर्न जरुरी रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ