arrow

नेप्से र कारोबार गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४दशमलव२८ अंक घटेर २६४५दशमलव२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०दशमलव५३ अंकले घटेर २६४४दशमलव७० विन्दुमा झरेको हो ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १दशमलव२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०दशमलव०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०दशमलव३८ अंक घटेको छ ।

सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो खरिद बिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको हो ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ इनर्जीं, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यसदिन ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९दशमलव८५ प्रतिशतले घटेको छ । त्यस्तै स्ट्यान्र्डड चार्टड बैंकको शेयर मूल्य पनि प्रतिकित्ता ३दशमलव८८ प्रतिशतले घटेको छ । यसदिन युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, नाग्दी ग्रुप पावर लिमिटेड र ग्रिन भन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ