विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
750
Shares
काठमाडौं। सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मङ्गलबार पनि प्रदर्शनलाई जारी राखेका छन्। पीडितहरूले विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि प्रदर्शन गरिरहेका छन्।
उनीहरूको मुख्य मागहरूमा सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, सहकारी बचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने रहेका छन्। सरकारले पटक–पटक वार्ता गरेता पनि आफूहरूको माग पूरा नगरेको उनीहरूको गुनासो छ।
प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘वचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै?’ भन्दै प्रश्न पनि उठाएका छन्।