काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दैछ।
बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप) मा भएका विगतका निर्णय-सम्झौताको कार्यान्वयनको अवस्था-प्रगति एवं “संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)“ को समीक्षा हुनेछ।