arrow

पत्रकार र सञ्चारकर्मी अब सामाजिक सुरक्षाको दायरामा [भिडियो]

निजी सञ्चार माध्यमहरूलाई पनि उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
jagdisss.jpg

काठमाडौँ। पत्रकार र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्।

बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरूलाई सामाजिक सुरक्षामा जोड्ने काम सुरु भइसकेको बताए। यी संस्थाहरूमा गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रशारण (पीएसपी) अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति रहेका छन्।

मन्त्री खरेलले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए। आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनले बताए। मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्त्वपूर्ण भएको बताए।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोष र उल्लेखित निकायहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको र यसबाट यी निकायहरू अन्तर्गत रहेका सबै पत्रकार, सञ्चारकर्मी र कर्मचारीहरू सामाजिक सुरक्षाको दायरामा आउने कामको प्रारम्भ भएको उनले जानकारी दिए।

उनले निजी सञ्चार माध्यमहरूलाई पनि उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ