arrow

दक्षिण अफ्रिकासँग भारत कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
ind-test-25-11-24.jpg
तस्बिर : एएफपी ।

गुवाहाटी । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्ट क्रिकेट गुवाहाटीमा शनिबारदेखि भइरहेको छ । खेलमा दक्षिण अफ्रिका हावी देखिएको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले १५१ ओभर १ बल खेल्दै ४८९ रन बनायो । 

सेनुरन मुथुसामीले १०९ रन बनाए । त्यस्तै मार्को जासेनले ९३ रन जोडे । कुलदीप यादवले ४ तथा जसप्रित बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजाले २–२ विकेट लिए । 

जवाफमा भारतले निरीह ब्याटिङ गर्दै ८३.५ ओभरमा अलआउट हुँदै २०१ रनमात्र बनाउन सक्यो । यशस्वि जैसवालले ५८ तथा वासिंगटन सुन्दरले ४८ रन बनाए । 

मार्को जासेनले अलराउन्ड प्रदर्शन गर्दै ६ विकेट लिए । त्यस्तै साइमन हार्मरले ३ विकेट लिए । 

फलोअन जोगाउन नसकेको भए पनि दक्षिण अफ्रिकाले भारतलाई ब्याटिङ गर्न भनेन । दक्षिण अफ्रिकाले दोस्रो इनिङ्स ब्याटिङ गर्दै तेस्रो दिनको समाप्तिसम्म कुनै विकेट नगुमाइ २६ रन जोडेको छ । 

भारत ३१४ रनले पछि परिसकेको छ । भारतको कप्तानी ऋषभ पन्तले गरिरहेका छन् । कप्तान शुबमन गिल पहिलो खेलका क्रममा घाइते भएसँगै पन्तले दोस्रो खेलमा कप्तानी सम्हालेका हुन् । 

पहिलो टेष्ट दक्षिण अफ्रिकाले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ