arrow

टेष्टमा भारतको लज्जास्पद हार, २५ वर्षपछि दक्षिण अफ्रिकाले घरमै गर्‍यो क्लिनस्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
ind-sa-test-25-11-26.jpg

गुवाहाटी । दक्षिण अफ्रिकाले गुवाहाटी टेस्टमा भारतलाई ४०८ रनले पराजित गरेको छ । कोलकाता टेस्टमा भारतलाई ३० रनले पराजित गरेको दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा झन् फराकिलो अन्तरले हराएपछि दक्षिण अफ्रिकाले २५ वर्षपछि घरेलु मैदानमा भारतलाई क्लिन स्वीप गरेको छ।

यसअघि सन् २००० मा दुई टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले भारतलाई २–० ले पराजित गरेको थियो । अहिले पनि भारत २–० ले पराजित भएको छ । 

बुधबार बारसापारा स्टेडियममा ५४९ रनको लक्ष्य पछ्याउने क्रममा भारत १४० रनमा अलआउट भयो। दोस्रो इनिङ्समा भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ५४ रन बनाए। दक्षिण अफ्रिकाका लागि साइमन हार्मरले ६ विकेट लिए । 

दक्षिण अफ्रिकाले मंगलबार, चौथो दिन ५ विकेटको क्षतिमा २६० रन बनाएर आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्‍यो । दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङ्समा ४८९ रन बनाएको थियो। जवाफमा भारतले पहिलो इनिङ्समा २०१ रनमात्र बनाएको थियो । 

यो रनको योगफल हेर्दा भारत घरेलु मैदानमा सबैभन्दा कमजोर सावित भएको छ । यो हारसँगै टेष्ट क्रिकेटकका लागि प्रशिक्षकमा गौतम गम्भीर लायक नरहेको भनी आलोचना भएको छ । 

९३ वर्षमा पहिलो पटक भारत ४०० भन्दा बढी रनले पराजित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ