काठमाडौँ । एसेज टेष्ट क्रिकेट श्रृंखलामा बलर हावी भएसँगै दुवै टिम ब्याटिङका लागि संघर्षरत छन् । पर्थमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै इङ्गल्याण्डले ३२.५ ओभरमात्र क्रिजमा टिकेर १७२ रन बनायो । ह्यारि ब्रोकले ५२, ओले पोपले ४६ तथा जेमाइ स्मिथले ३३ रन बनाए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्चले ५८ रन खर्चेर ७ विकेट लिए । त्यस्तै ब्रन्डन डग्गेटले २ तथा क्यामरुन ग्रीनले १ विकेट लिए ।
जवाफमा अष्ट्रेलियाले ४५.२ ओभर खेल्दै अलआउट हुँदै १३२ रनमात्र बनायो । एलेक्स क्यारीले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई धरासायी बनाउन बेन स्टोक्सले ५, ब्राइडन कार्सले ३ तथा जोफ्रा आर्चरले २ विकेट लिए ।
पहिलो इनिङ्समा ४० रनको अग्रता लिएको इङ्गल्याण्डले दोस्रो इनिङ्स शुरू गरिसकेको छ । पहिलो ओभरमै विकेट गुमाएको इङ्गल्याण्ड त्यसपछि सुधारोन्मुख खेलिरहेको छ ।