एसेज श्रृंखलामा अष्ट्रेलियाको दोस्रो दिनमै सहज नाटकीय जित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
793
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । एसेज टेष्ट क्रिकेट श्रृंखलाको पहिलो खेलमा अष्ट्रेलियाले दोस्रो दिनमै सहज नाटकीय जित हासिल गरेको छ ।
पर्थमा भएको खेलमा पहिलो इनिङ्समा १३२ रनमै अलआउट भएको अष्ट्रेलियाले २०५ रनको चुनौती भने मात्र २ विकेटको क्षतिमा २८.२ ओभरमै ८ विकेटले जितेको हो ।
ओपनर ट्राभिस हेडले ८३ बलमा १२३ रन बनाए । मार्मस लाबुसांगेले अििजत रहँदै ४९ बलमा ५१ रन बनाए । ज्याक वेदरआल्डले २३ रन जोडे ।
यसअघि खेलमा पहिले ब्याटिङ गर्दै इङ्गल्याण्डले ३२.५ ओभरमात्र क्रिजमा टिकेर १७२ रन बनायो । ह्यारि ब्रोकले ५२, ओले पोपले ४६ तथा जेमाइ स्मिथले ३३ रन बनाए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्चले ५८ रन खर्चेर ७ विकेट लिए । त्यस्तै ब्रन्डन डग्गेटले २ तथा क्यामरुन ग्रीनले १ विकेट लिए ।
जवाफमा अष्ट्रेलियाले ४५.२ ओभर खेल्दै १३२ रन बनायो । एलेक्स क्यारीले सर्वाधिक २६ रन बनाएको इनिङ्समा बेन स्टोक्सले ५, ब्राइडन कार्सले ३ तथा जोफ्रा आर्चरले २ विकेट लिए ।
पहिलो इनिङ्समा ४० रनको अग्रता लिएको इङ्गल्याण्डले ३४.४ ओभरमा अलआउट हुँदै १६४ रन बनाउन सक्यो । गस एकिन्सनले ३७ रन बनाएको इनिङ्समा स्कट बोलान्डले ४ तथा मिचेल स्टार्च र ब्रेन्डन डगगेटले ३–३ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले श्रृंखलामा १–० को अग्रता लिएको छ ।