arrow

एसेज श्रृंखलामा दुई खेलअघि नै अष्ट्रेलियाको कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
ashes-series-25-12-21-ap.jpg

काठमाडौँ । एसेज टेष्ट श्रृंखलामा अष्ट्रेलियाले कब्जा जमाएको छ । तेस्रो खेलमा ८२ रनको जित हासिल गर्दै अष्ट्रेलियाले दुई खेलअघि नै श्रृंखलामा कब्जा जमाएको हो । 

एडिलेडमा भएको खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ३७१ र दोस्रो इनिङ्समा ३४९ रन बनायो । 

इङ्ल्याण्डले पहिलो इनिङ्समा २८६ रन बनाएकामा ४३५ रनको चुनौती पछ्याउने क्रममा दोस्रो इनिङ्समा ३५२ रन बनाउन सक्यो । 

अष्ट्रेलियाका एलेक्स क्यारि प्लेयर अफ द म्याच भए । उनले पहिलो इनिङ्समा १०६ र दोस्रो इनिङ्समा ७२ रन जोडे । साथै ६ क्याच गरे । 

३–० ले अगाडि रहेको अष्ट्रेलिया अब क्लिन स्वीप गर्ने तरखरमा छ । यसअघि पहिलो र दोस्रो टेष्ट समान ८ विकेटले जितेको थियो । 

चौथो खेल डिसेम्बर २६ देखि मेलबर्नमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ