घरेलु मैदानमा दक्षिण अफ्रिकासँग १५ वर्षपछि भारत पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
846
Shares
काठमाडौँ । भारत घरेलु मैदानमा १५ वर्षपछि टेष्ट क्रिकेटमा पराजित भएको छ । कोलकाताको इडेन गार्डेनमा भारत तेस्रो दिनमै ३० रनले पराजित भएको हो ।
१२४ रनको झिनो चुनौती सामना गर्न नसकेको भारत ९३ रनमै अलआउट भएको थियो ।
कप्तान शुबमन गिल घाइते भएसँगै ब्याटिङ नगर्दा दक्षिण अफ्रिकाले कम योगफलमै रोक्न सफल भएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १५९ तथा दोस्रो इनिङ्समा १५३ रन बनाएको थियो । भारतले पहिलो इनिङ्समा १८९ रन बनाए पनि दोस्रो इनिङ्समा ९३ रनमै समेटियो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले दोस्रो इनिङ्समा अविजित रहँदै सर्वाधिक ५५ रन बनाए ।
भारतका लागि दोस्रो इनिङ्समा वासिंगटनले ३१ रन बनाए । अक्षर पटेलले १७ बलमा २६ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि पहिलो इनिङ्समा साइमन हार्मरले ४ तथा मार्को जासनले ३ विकेट लिए । त्यस्तै दोस्रो इनिङ्समा हार्मरले ४ तथा जासन र केशव महाराजले २–२ विकेट लिए ।
भारतका लागि पहिलो इनिङ्समा जसप्रित बुमराहले ५ तथा दोस्रो इनिङ्समा रविन्द्र जडेजाले ४ विकेट लिए ।
हारसँगै भारतले दुई खेलको टेष्ट श्रृंखलामा १–० ले पछि परेको छ । दोस्रो खेल २२ नोभेम्बरदेखि हुनेछ ।