arrow

सार्वजनिक नीति समितिमा मन्त्री घिसिङसँग विशेष छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
sarbajanik-niti-samiti.jpg

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०७ औँ बैठक आज (सोमबार) बस्ने भएको छ।

बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्नेछ। यस बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ।

कार्यसूचीअनुसार, बैठकमा समिति सदस्यहरूले मन्त्री घिसिङसँग मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयनको अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे प्रत्यक्ष छलफल गर्ने तय गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ