arrow

नयाँ होस् या पुरानो, कमला पुल बन्नैपर्छः कुलमान घिसिङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
kulman-ghising-kamala-river.jpg

जनकपुर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।

कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै कमला पुल निर्माण हुनै पर्नेमा जोड दिए । 

उनले पुल निरीक्षण गरेर पुलको वास्तविक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए ।

उनले सोही पुललाई तत्काल बनाएर अघि बढ्न सक्ने कि पुनः निर्माण नै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए । 

उनले नयाँ पुल बनाउनु परे पनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए ।

मन्त्री घिसिङसहितको टोली हिजो जनकपुरधाम आएका थिए । उनी शुक्रबार सिरहा पुगेर कमला पुलको निरीक्षण गर्न लागेका हुन । 

यसअघि उनले शुक्रबार बिहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग जनकपुरधास्थित निर्माणाधीन अवस्थामा रहेको श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका थिए । 

सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघि नै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत-जावत गर्न करीब ९० किमि घुमेर जानुपर्ने बाध्यता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ