arrow

नेप्से झिनो अङ्कले घट्यो: कारोबार रकम बढ्यो

होटल समूहका लगानीकर्तालाई फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ। साताको अन्तिम शेयर बजार बिहीबार झिनो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.९३ अङ्कले घटेर २५६०.१५ बिन्दुमा कायम भएको छ।

बजारमा दिनभर उतारचढाव देखिए पनि कारोबार रकममा भने वृद्धि भएको छ। आज दिनभरमा रु ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ। दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक शेयर किनबेच भएको छ।

बजार बन्द हुँदा ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ र ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बजार घट्दा पनि ५ वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेका छन्। आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ