arrow

केपी हावा कुरा गर्छन् - प्रचण्ड [भिडियो]

एमाले छोडेर सबै नेताहरू यता आउँछन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
prachandassss.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरे।

बुधबार डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी गरेका हुन्।

प्रचण्डले आफ्नो पार्टीमा १२ वटा राजनीतिक दल र समूहहरू समाहित भइसकेको बताउँदै ओलीको टिप्पणी गरे।

उनले भने, "१२ वटा समूह एक ठाउँमा आइसक्यौँ। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।"

स्मरण रहोस्, गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरू नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ