arrow

कांग्रेसभित्र सामाजिक सञ्जालको 'आत्मघाती' प्रवृत्ति बढ्यो: प्रवक्ता महत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
mahat-prakashsarans.jpg

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालको प्रयोग गरी एक–अर्कामाथि लाञ्छना लगाउने तथा सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु 'आत्मघाती' भएको टिप्पणी गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय आफूले केन्द्रीय समितिको बैठकमा पनि उठाएको बताए।

प्रवक्ता महतले पार्टीको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन 'छिटोभन्दा छिटो' गर्नुपर्छ भन्नेमा नेताहरूबीच एकमत रहे पनि त्यसको समयबारे सहमति जुट्न नसकेको जानकारी दिए।

छलफल राष्ट्रिय निर्वाचनको सँघारमा आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ र त्यसका लागि यथेष्ट तयारी पुगेको छ वा छैन भन्ने विषयमा केन्द्रित रहेको उनले बताए। उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीले आधिकारिक निर्णय लिने विश्वास व्यक्त गरे।

पार्टीभित्र निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतर पक्षको अडानले गर्दा आन्तरिक टकराव चुलिएको छ।

महतका अनुसार, पार्टीले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागी हुने र नभए संसद पुनःस्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा भने एकमत रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ