चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्याउनू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
785
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अघि बढाउन भूमिका खेलेका चलचित्रकर्मीलाई राज्यले हेर्नुपर्नेमा मन्त्री खरेलले जोड दिए ।
उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्याउन चलचित्र विकास बोर्डलाई आग्रह पनि गरे ।
उनले चलचित्र प्रदर्शनलगायतका विषयमा रहेका अलमल चिर्न सरकार लागिपरेको समेत बताए । चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताए ।
उनले भने, ‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधिमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रुपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारका लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौँ । नेपाली समाजको रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका भुल्न मिल्दैन ।’
उनले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिए।