arrow

लोकतन्त्रको नाममा लुटतन्त्र सह्य छैन

घुसखोरी र कमिसनको सञ्जालविरुद्ध प्रधानमन्त्री कार्कीको चेतावनी [भिडियो]

इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरूलाई प्रोत्साहन गर्ने अवस्था अब नरहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
sushila-karki-22.jpg

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य नहुने कडा चेतावनी दिएकी छन्।

उनले लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य नहुने स्पष्ट पारिन्। उनले इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरूलाई प्रोत्साहन गर्ने अवस्था अब नरहने बताइन्।

प्रधानमन्त्री कार्कीले भदौको जेन–जी आन्दोलनले देशलाई 'के सह्य छ र के असह्य छ' भन्ने एउटा खुला लक्ष्मण रेखा स्थापित गरेको उल्लेख गरिन्। उनले भनिन्, "घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन। लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन।"

उनले आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षतिलाई अस्वीकार्य रहेको बताइन्। साथै, मर्माहत भएको निजी क्षेत्रलाई जेन–जी आन्दोलनमा घाइते युवाहरूलाईझैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्याण्डेट दिएको र नेपाल अब पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने स्पष्ट पारिन्। उनले आम युवा र आम नेपालीले देशलाई अग्रगामी दिशामा लिएर जानुबाहेकको विकल्प नभएको बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ