arrow

प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै एमाले देशभर आन्दोलन गर्छ : ओली [भिडियो]

प्रतिनिधि सभा असंवैधानिक ढङ्गले भङ्ग गरेको सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
kp-oli-s.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै अध्यक्ष ओलीले 'देशलाई छाडातन्त्रमा चलाउनका लागि' कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर गरे।

अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर 'गल्ती गरेको' बताए। संविधान विपरीत प्रतिनिधि सभा विघटन गरिएकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको उनको तर्क थियो।

उनले भने, “यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भङ्ग गरेको हो? भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। यो असंवैधानिक ढङ्गले भङ्ग गरेको छ। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेको छ। र संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भङ्ग गर्नुभएको छ। गर्नु हुँदैन्थ्यो। त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौँ। त्यसका लागि आन्दोलन गर्दछौँ। र अगाडि बढ्छौँ।”

यसैगरी, अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुति गराउनका लागि आफ्नो पार्टीले युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ