arrow

निर्वाचन सम्पन्न गर्नु नै तात्कालिक कार्यनीति: नारायणकाजी श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
narayankajiss.jpg

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी का नेता नारायणकाजी श्रेष्ठले मुलुकलाई थप सङ्कटमा जान नदिन घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको भन्दै सोही कुरालाई पार्टीले आफ्नो तात्कालिक मूल कार्यनीति बनाएको स्पष्ट पारेका छन्।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै नेता श्रेष्ठले घोषित मितिमा निर्वाचन सम्पन्न नभए देशमा अझ सङ्कट थपिने र अनिश्चय तथा अन्यौलको दिशातिर जाने खतरा रहेको बताए।

उनले निर्वाचन सम्पन्न गर्ने उद्देश्यका निम्ति वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरूको उद्देश्य हुनुपर्ने धारणा राखे। उनले निर्वाचनको वातावरण निर्माणका लागि सरकारले दृढता देखाउनुपर्ने र सबै राजनीतिक दलहरू एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए। साथै, नेता श्रेष्ठले निर्वाचनमा सहभागी हुन अलमलमा रहेका राजनीतिक दलहरूलाई अपिल गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्नैपर्ने आवश्यकता औँल्याए। उनले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ