नेप्सेमा दोहोरो अङ्कको सुधार: पौने पाँच अर्बको कारोबार
परिसूचक २६०७.४२ को विन्दुमा कायम
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
751
Shares
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को विन्दुमा कायम भएको हो।
आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा कूल रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ। आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको शेयर किनबेच भएको छ। उक्त कम्पनीको रू ३८ करोड ६१ लाख ५२ हजार ४८४ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।