सेयर बजारमा ठूलो गिरावट: नेप्से २७.६४ अंकले घट्यो, सबै उपसूचक राताम्य
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
903
Shares
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ। नेप्से परिसूचकमा आज कुल एक दशमलव ०५ प्रतिशतको गिरावट आएको हो।
आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता सेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बजारका सबै समूहको उपसूचक घटेका छन्। यसमध्ये वित्त समूह सबैभन्दा बढी दुई दशमलव २१ प्रतिशतले घट्न पुग्यो। त्यसैगरी, विकास बैङ्क एक दशमलव ४७ प्रतिशतले, जीवन बीमा एक दशमलव ४४ प्रतिशतले, जलविद्युत् र निर्जीवन बीमा दुवै एक दशमलव २१ प्रतिशतले तथा अन्य समूह एक दशमलव ८१ प्रतिशतले घटेका छन्। बैङ्किङ समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आज सबैभन्दा धेरै रु २७ करोड ९८ हजार ५७२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको छ लाख ९९९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।