ऊर्जा मन्त्री घिसिङद्वारा चार्जिङ स्टेशन नीति चाँडै परिमार्जन गर्ने घोषणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
745
Shares
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनसम्बन्धी नीतिचाँडै नै परिमार्जन गर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मङ्गलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन्।
मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका कार्यमा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गरे। उनले यो नीतिलाई प्रभावकारी बनाउने काममा विशेष ध्यान दिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन समेत दिए । यसैबाट विद्युतको 'डिमान्ड क्रियशन' हुने उनको भनाइ थियो।
मन्त्री घिसिङले विन्ड इनर्जी (वायु ऊर्जा) को क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए। उनले वायु ऊर्जा नेपालको सम्भावनाको क्षेत्र भएकाले यसमा लगानी गर्न चाहने निजी क्षेत्रलाई सहयोग गर्ने सरकारको योजना रहेको बताए।
उनले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै जर्मन सरकारप्रति आभार व्यक्त गरेका थिए।