arrow

अध्यादेश जारी भएसँगै ऊर्जा मन्त्रालय अन्तर्गत हितेन्द्रदेवसहित यी पदाधिकारीहरू भए पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
hitendra-dev.jpg

काठमाडौँ । सरकारले जारी गरेको “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न निकायका उच्च पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। 

मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार उक्त अध्यादेशको कार्यान्वयनसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन्। 

उनीसँगै प्राधिकरणका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पनि आफ्नो पदबाट हटेका छन्।

यसैगरी विद्युत् नियमन आयोगमा कार्यरत पदाधिकारीहरू पनि सोही अध्यादेशका कारण पदमुक्त भएका छन्। मन्त्रालयका अनुसार आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका साथै सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका हुन्। 

नयाँ कानुनी व्यवस्थाले सार्वजनिक निकायका यी विशिष्ट पदाधिकारीहरूको जिम्मेवारी तत्कालै समाप्त गरिदिएको मन्त्रालयको सूचनामा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ