arrow

बालेनको सहरलाई कुलमानको साथ, कार्ययोजनामा ‘सुन्दर काठमाडौँ’ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
kulman-ghising-minister-urja.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले दिगो रुपमा काठमाडौँलाई सुन्दर बनाउन लागि योजना बनाउने तयारीमा रहेको बताएका छन् । 

शनिबार बागमती सफाई महाअभियानको छ सय ५० हप्ता सफाईको अवसरमा उनले चार पाँच महिनाको सरकारले सबै गर्न नसक्ने भन्दै दिगो रुपमा नै काठमाडौँलाई सुन्दर बनाउनका लागि छलफल गरेर कार्ययोजना बनाउन लागेको बताए । 

उनले भने, ‘काठमाडौँ भित्रका सबै नदी नाला सरसफाइमा धेरै ठूलो लगानीको आवश्यकता भएको हुनाले स्थानीय, प्रदेश र केन्द्र सरकार सबै मिलेर यो काम गर्नुपर्छ । हामीले काठमाडौँलाई सुन्दर शहर बनाउनका लागि एउटा दिगो योजना के गर्ने त्यो हेर्नुपर्छ । अहिले हामी चार, पाँच महिनाको सरकारले सबै गर्छु भनेर सकिदैँन् । तर दिगो रुपमा नै काठमाडौँलाई सुन्दर बनाउनका लागि केके गर्न सकिन्छ त्यसको योजना के हुन्छ भनेर छलफल गरेका छाँै । त्यो योजना पूरा गर्न एउटा कार्ययोजना बनाउन लागेका छौँ ।’

यस्तै, उनले नदी नालालाई सफा गर्नका लागि भएको जागरण अभियान नदीनालाका लागि मात्र होइन फोहोर व्यवस्थापनका लागि नै हुनुपर्ने बताए । 

नदीनाला सफा भयो भनेमात्र काठमाडौँ सुन्दर र सफा हुने पनि उनको भनाइ छ ।

उनले भने, ‘नदी नाला जब सफा हुन्छ र हामीले त्यहाँ गएर बस्ने वातावरण हुन्छ तबमात्र काठमाडौँ सुन्दर र सफा हुन्छ भन्ने मेरो मान्यता छ । नदीनाला फोहोरको स्रोत भनेको काठमाडौँको घर सडक सबै हो र यो सफा हुनु भनेको सबै सफा हुनु हो ।’

काठमाडौँ महानगरको मेयर भएपछि वालेन्द्र साह बालेनले यो सपना बुनेको भने पनि जेन-जी आन्दोलनका बेलामा बचेखुचेको साख सबै खरानी भएको थियो । 

त्यही जेन-जीको साथमा कुलमान मन्त्री छन् । आन्दोलनलाई बालेनको पनि साथ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ