arrow

किसानका पीडा

धानमा बाला नलागेपछि किसानले खेतमै लगाए आगो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
aago-dhankhet.jpg

मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिका वडा नं १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् ।

खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् । गत जेठ-असारमा खत्याड गाँउपालिका वडा नं १० ह्रायाङ्खु गाउँका कृषकले लगाएको धानमा फल नलागेपछि उक्त क्षेत्रका एक सय २५ घर परिवारले धानबारीमा आगो लगाएका हुन् । 

हयाङ्खुवासीको मुख्य खाद्यान्न बाली धान हो । भुवा अर्थात् पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन् ।

खत्याड गाउँपालिका वडा नं १० का ६५ बर्षीय कृषक धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा आकाशबाट पानी परेन, खडेरी पर्यो अनि अनि बाला लागेन । 

‘धानबालीमा फल छैन्, सिंचाइँको कुलो बाढीले बगायो त्यसैले यस वर्ष भोकमरी होला जस्तो छ । भारत जाने अवस्था छैन, अब परिवारको बिचल्ली हुने भयो । यस्तो अवस्थामा तीन तहको सरकारबाट राहत पाउने आशामा छौं,’ उनले भने । 

अर्का कृषक चन्दबहादुर रोकाया अर्को वर्ष धानको बिउकै अभाव हुने दुखेसो पोख्छन् । पालिका अध्यक्ष अजबहादुर शाहीका अनुसार समयमा आकाशे पानी नपर्दा धान बालीमा खडेरी भएको हो । यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ