छापाखाना र प्रकाशन सम्बन्धी संशोधन नियमावली स्वीकृत [भिडियाे]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
847
Shares
काठमाडौँ । राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने हुने भएको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदको निर्वाचनको मिति तय गरेको हो ।
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण पनि स्वीकृत गरेको छ ।
कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरिएको मन्त्री खरेलले बताए ।
उनले भने, ‘नेपाल र मोरिससबीच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय भएको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसुची २ मा हेरफेर गर्ने निर्णय भएको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो । राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ । यस्तै गरेर कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ । छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । यसअन्तर्गत अब अनलाइनको दर्ता र नवीकरण यो स्वीकृत गर्ने निर्णय भएसँगै राजपत्रमा प्रकाशित भएपछि लागुहुने पनि म जानकारी गराउन चाहन्छु ।’
सरकारले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत पनि स्वीकृत गरेको छ ।
अनलाइनको दर्ता र नवीकरणका लागि गरिएको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरिएको छ ।
मन्त्री खरेलले सांसदको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय कार्यान्वयनका लागि सो निर्णय गर्नु परेको स्पष्ट पारे ।
सरकारले नेपालर मोरिसस सरकारबीच भएको दोहोरो करमुक्ति सम्झौता पनि अन्त्य गरेको उनले बताए ।