arrow

नेप्सेमा पाँच अंककाे गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पाँच अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ५ दशमलव १७ अंकले घटेको छ । नेप्से ०दशमलव२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ ।

आज दिनभरमा पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

दिनभरमा ३ सय २१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४ सय ८७ पटक शेयर किनबेच भएको छ । ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

१३ समूहमध्ये ९ समूह घटेको छ भने बाँकी ४ समूह बढेको छ । आज बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ