arrow

नेप्सेमा सामान्य वृद्धि, कारोबारमा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार (नेप्से) सामान्य अंकले बढेको छ । तिहार बिदाअघि १६दशमलव६७ अंकले बढेको नेप्से परिसूचक, आइतबार पुनः ५दशमलव१९ अंकले बढेर २५०९ दशमलव ०४ विन्दुमा पुगेको हो ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । यसअघि तिहार अगाडिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिद-बिक्री भएको थियो । तर आज कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०दशमलव६० अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०दशमलव१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स भने आइतबार स्थिर छ ।

यस दिन १०दशमलव७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यसैगरी समता घरेलु लघुवित्तको शेयरमूल्य करिब ८दशमलव८९ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७दशमलव६३ प्रतिशतले बढेको छ ।

यस्तै, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ७दशमलव१६ प्रतिशतले घट्दै दिनको सबैभन्दा ठूलो गिरावटमा परेको छ ।

त्यसपछि भगवती हाइड्रोपावरको शेयरमूल्य ७दशमलव३१ प्रतिशत र एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह घटेका छन् । यस दिन व्यापार उपसमूहको परिसूचक ३दशमलव०५ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो ।

त्यसैगरी जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहका परिसूचकहरूमा पनि सामान्य वृद्धि देखियो ।

घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको भन्सार विभागले जनाएको छ ।

विश्लेषकहरूका अनुसार, तिहार बिदापछि बजारमा लगानीकर्ताहरूको सावधानीपूर्ण सहभागिता र स्थिरता कायम रहँदा बजार सामान्य उकालो लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ