arrow

प्रचण्डले झुट बोलेको ओलीको दाबी

प्रचण्डले झुट बोलेको भन्दै ओलीले भने- कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस मैले गरेको होइन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
oli-07-02.jpg

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भनेर झुट बोलेको दाबी गरेका छन्।

आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले आफूले नगरेको काम गर्‍यो भनेर दाहालले भ्रम फैलाएको स्पष्ट पारे। उनले राष्ट्रपतिको आग्रहमा समेत आफूले प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको बताए। अध्यक्ष ओलीले यदि आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भए प्रमाण देखाउन पनि दाहाललाई चुनौती दिएका छन्।

ओलीले भने, "यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन। अस्ति फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो। केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ