arrow

एमाले महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने निर्णय [भिडियो]

सरकार मुलुकलाई बहुआयामिक संकटतिर धकेल्न सक्रिय रहेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
rajendra-gautam-uml.jpg

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको हो । 

उनका अनुसार आगामी दिनमा समग्र नेतृत्वको पुनर्गठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयका सन्दर्भमा पार्टीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औँ राष्ट्रिय महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने गरी अगाडि बढ्ने भनेर पार्टी एकमतका साथ अगाडि बढेको छ । केन्द्रीय कमिटी बैठकले २२ वटा प्रस्ताव पारित गरेको समेत उनले बताए । 

सरकार बहुआयामिक संकटतिर धकेल्न सक्रिय

एमालेले वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने तर्फ नभई मुलुकलाई बहुआयामिक संकटतिर ढकेल्न सक्रिय देखिएको आरोप लगाएको छ । 

निर्वाचनको प्रयोजनका लागि सरकारले विशेष भूमिका निर्वाह गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा त्यसो नगरि निर्वाचनसम्बन्धी कुनै काम नगरेको एमालेको आरोप छ । एमालेले निर्वाचन आयोगमार्फत पार्टीका तर्फबाट औपचारिक प्रस्ताव पनि उपलब्ध गराईसकेको उल्लेख गरेको छ । 

एमालेले भनेको छ, ‘सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने होइन । मुलुकलाई बहुआयामिक संकटतिर धकेल्न सक्रिय देखिन्छ । निर्वाचनको आधार बनाउने होइन उल्टो बाटोतिर हिँडिरहेको छ भन्ने हाम्रो निष्कर्ष छ ।’

बैठकले भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग पनि राखेको गौतमले बताए ।

सामाजिक सञ्जालको निर्वाद सञ्चालन भ्रष्टाचारको विरोध र सुशासनलगायतका माग राखेर जेनजी युवाले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेकपा एमाले स्तब्ध भएको भन्दै गौतमले भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न माग गरेको बताए । 

उनले भदौ २३ र २४ गतेको गम्भीर घटनाको छानबिनका लागि सोही अुनसारको दक्षता, निष्पक्षता आवश्यक रहे पनि सरकारले गठन गरेको छानबिन आयोगमा राजनीतिक पूर्वाग्रह, दूषित सोच र मनसाय राख्ने व्यक्ति रहेको बताए । 

‘यति गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रमा संलग्न घटनाको छानबिनका लागि सोही अुनसारको दक्षता, निष्पक्षता आवश्यक पर्छ तर सरकारले गठन गरेको छानबिन आयोगमा रहेका कतिपय व्यक्तिको राजनीतिक पूर्वाग्रह, दूषित सोँच र मनसाय सार्वजनिक भइसकेको छ’, उनले भने ।

गौतमले निश्चित राजनीतिक नेताहरूलाई आरोपित गर्ने पूर्वयोजना बोकेका व्यक्तिबाट यति गम्भीर घटनाको यथार्थ बाहिर आउँछ भन्ने एमालेलाई विश्वास नभएको बताए ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्ने भन्दै उनले नागरिक स्तरबाट पनि यसको छानबिन होस् भन्ने चाहना राखेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ