देउवाले गरे जेन-जी आन्दोलनका घटनाहरूको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग [भिडियो]
ऐतिहासिक सम्पत्तिमा आगजनी गर्ने दोषीमाथि तत्काल कारबाही होस्
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
1.1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट तथा आगजनी गर्नेमाथि छानबिन हुनुपर्नेमा जोड दिए।
सभापति देउवाले काँग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिब १२५ जना नेताहरूको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएकोमा भत्र्सना व्यक्त गरे।
उनले नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थानहरू—विराटनगरको कोइराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमान सिंह निवास, र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले आफू मर्माहत भएको बताए। उनले यी दुवै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।