वेष्ट इन्डिज विरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
803
Shares
काठमाडौँ । भारतले वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्ट क्रिकेट ७ विकेटले जितेको छ । भारतको नयाँदिल्लीमा भएको खेलको पाँचौँ दिन १२१ रनको झिनो चुनौती भारतले ३ विकेट गुमाएर जितेको हो ।
भारतका लागि केएल राहुलले अविजित रहँदै ५८ रन बनाए । साइ सुदर्शनले ३९ रन जोडे ।
यसअघि भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५१८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो ।
यशस्वि जैसवालले १७५ तथा कप्तान शुुबमन गिलले अविजित रहँदै १२९ रन बनाए । जोमेल वारिकनले ३ विकेट लिए ।
जवाफमा वेष्ट इन्डिजले पहिलो इनिङ्समा २४८ रन बनायो एलिक एथानाजले ४१ तथा तागेनाराइन चन्द्रपलले ३४ रन बनाए भने शाइ होपले ३६ रन जोडे । भारतका लागि कुलदीप यादवले ५ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ विकेट लिए ।
फलोअन जोगाउन नसकेको वेष्ट इन्डिजले दोस्रो इनिङ्समा शानदार ३९० रन बनाएर १२० रनको अग्रता बनायो ।
जोन क्याम्पबेलले ११५ तथा शाइ होपले १०३ रन बनाए । भारतका कुलदीप यादव र जसप्रित बुमराहले समान ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।
१२१ रनको चुनौती भारतले ३ विकेटको क्षतिमा जित्दै दुई खेलको श्रृंखला २–० ले जितेर क्लिन स्वीप गर्यो ।
यो शुबमन गिलले टेष्ट कप्तानी सम्हालेपछिको पहिलो टेष्ट श्रृंखला जित हो ।
यसअघि पहिलो खेल भारतले एक इनिङ्स र १४० रनले जितेको थियो । वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १६२ रन बनायो । जवाफमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ४४८ रन बनाएर इनिङ्स समाप्ति गरेको थियो । त्यसपछि आएको वेष्ट इन्डिजले १४६ रनमात्र बनाएको थियो ।
दोस्रो खेलको प्लेयर अफ द म्याच कुलदीप यादव भएका छन् । उनले ८ विकेट लिए । त्यस्तै रविन्द्र जडेजा प्लेयर अफ द सिरिज भएका छन् । उनले १०४ रन बनाउनुका साथै ८ विकेट लिए ।