सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा अदालतमा उपस्थित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
1.1k
Shares
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरेपछि सोमबार अपरान्ह महरालाई जिल्ला अदालतमा उपस्थित गराइएको हो।
महरालाई २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट 'भेप'मा लुकाएर ल्याएको सुन तस्करी मा संलग्न कसुरको पूरक अभियोगमा मात्र प्रतिवादी कायम गरिएको छ।
सो प्रकरणमा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो। भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग 'कनेक्शन' देखिएपछि आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।