arrow

जेन–जी आन्दोलनमा संलग्नमाथि कारबाही हुन्छ, भ्रष्टाचार नियन्त्रण गर्न समय लाग्छ: सञ्चारमन्त्री खरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
jagdish-kharel-06-26.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही गर्ने दृढता व्यक्त गरेका छन्। उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा भने केही समय लाग्न सक्ने बताएका छन्।

आइतबार नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूसँगको भेटमा मन्त्री खरेलले भने, "जेनजी आन्दोलनको क्रममा धनजनको क्षति भएको छ... पत्रकारहरू नै घाइते भएका छन्... त्यस हिसाबले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ।"

भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा उनले भने, "यो भ्रष्टाचार नियन्त्रणमा सयमा सय गर्न त समय लाग्दछ नै। हामीसँग त यतिवटा काण्डहरू छन् कि कतिपय काण्डहरू २ महिना लाग्छ, ३ महिना लाग्छ, एक वर्ष लाग्छ, २ वर्ष लाग्न सक्छ।" यद्यपि, उनले ६ महिनाको म्यान्डेटसहित बनेको यो सरकारले जनतालाई महसुस हुनेगरी कामको सुरुवात गर्ने दाबी गरे।

मन्त्री खरेलले सरकार आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ