आफूलाई पक्रेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
1.1k
Shares
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर व्यूरोमा बयान दिएलगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।
नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेन-जी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने चेतावनी दिए ।
उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन-जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नलाई कारबाहीको दायरामा ल्याओस् ।’
नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि शंका उत्पन्न भएको बताए ।