भारतसँग वेष्ट इन्डिज निरीहः जडेजा, जुरेल र राहुलको शतक
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1.4k
Shares
तस्बिर – एपी ।
अहमदाबाद । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज निरीह सावित भएको छ । हालैमात्र टी–२० क्रिकेटमा नेपालसँग पराजित भएको वेष्ट इन्डिज पहिलो टेष्टमा भारतसँग पनि निरीह देखिएको हो ।
अहमदाबादमा जारी पहिलो खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दैै १६२ रनमात्र जोड्न सक्यो । ४४.१ ओभरमात्र क्रिजमा टिक्न सकेको पाहुना टिमका लागि जस्टिन ग्रेभ्सले सर्वाधिक ३२ रन जोडे । मोहम्मद सिराजले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।
जवाफमा भारतले शानदार ब्याटिङ गर्दै दोस्रो दिनको समाप्तिसम्म शुक्रबार ५ विकेटको क्षतिमा २२८ रन बनाइसकेको छ ।
दोस्रो दिन २ विकेटको क्षतिमा १२१ रनबाट अगाडि खेलेको भारतले थप ३ विकेट गुमाउँदा ४४८ रन बनाएको हो ।
ध्रव जिरेल, रविन्द्र जडेजा र केएल राहुलले शतक बनाएका छन् । जुरेलले १२५ तथा राहुले १०० रन बनाएका छन् भने जडेजा १०४ रनमा अविजित छन् ।
त्यस्तै कप्तान शुबमन गिलले ५० रन जोडेका छन् । २८२ रनले पछि परेको वेष्ट इन्डिजले फराकिलो हार बेहोर्ने लगभग पक्का छ ।
वेष्ट इन्डिजले भारतमा रहँदा दुई खेलको टेष्ट श्रृंखला खेल्नेछ ।