arrow

ओलीको दाबी - एमालेले मात्रै मुलुकलाई सही बाटोमा फर्काउँछ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
oli-09-11.jpg

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउन सक्ने दाबी गरेका छन्। जेन–जी आन्दोलनपछि पहिलोपटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति र देशवासीलाई आह्वान गरेका छन्।

उनले जेन-जी आन्दोलनका क्रममा एमालेका कार्यकर्ताहरूको घर जलेको र ठूलो क्षति भएको भए पनि हरेश नखान आग्रह गरे।

अध्यक्ष ओलीले भने, “सिंगै देशवासीलाई आग्रह गर्न चाहन्छु– हरेश नखानुस्। सबैलाई भन्न चाहन्छु– संयम अपनाउन यतिबेला। र, आक्रोश, रिसराग, वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ, समझदारी चाहिएको छ। त्यसअनुसार अगाडि बढौं।”

अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ